Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ग्याँस सिलिन्डर पड्केर आगलागी, ३ बालबालिकाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकमा ग्याँस सिलिन्डर पड्केर आगलागी हुँदा जलेर ३ बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा लामा टोलका स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्केपछि आगलागी भएको हो ।

आगलागीबाट जलेर उनका छोरा १० वर्षीय इशाक, भाइ कुमारको ६ वर्षीयको छोरा सरगम र छिमेकी पदमको साढे २ वर्षकी छोरी दिव्याको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोमा जलेर उनीहरूको घर भित्रै मृत्यु भएको हो । घटनामा मिनबहादुर पनि गम्भिर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077