काठमाडौं । ट्याङ्कर चालकहरुसँग सहमति भएसँगै पम्पहरुलाई थानकोट डिपोबाट पेट्रोलियम पदार्थ पठाउन थालिएको छ ।
नेपाल पेट्रोलियम ट्यांकर चालक संघले विभिन्न माग राख्दै डिपोबाट इन्धन 'लोड'नगरेपछि राजधानीका निजी पम्पहरुले आइतबार दिनभर तेल बिक्री गर्न पाएका थिएनन् ।
पेट्रोलियम पदार्थको प्राविधिक चुहावटरनोक्सानी हुँदा चर्को जरिवाना तिर्नुपरेको, समयमै कमिसन नपाउने गरेको लगायत माग राख्दै चालकहरुले ढुवानी बन्द गरेका थिए ।
खुलेका सरकारी पम्पहरुमा भने दिनभर सवारीसाधनको लामो लाइन लागेको थियो ।