काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाएका छन् ।
एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनमा बोल्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा हटाइएको बताएका हुन् ।
‘नेपाली दूतावासमा बुच्चे नक्सा राखिएको छ । चुच्चे नक्सा हटाइएको छ, यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’प्रधानमन्त्री फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो संसदले संविधान संशोधन गरेर राखेको नक्सा किन राखिएन ? उनले भने ।
Leave a Reply