Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सहज, सबै पेट्रोल पम्प खुल्ने

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको बिक्री वितरण सहज हुने भएको छ ।

नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमती भएसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने भएका हुन् ।

निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको थियो ।

पेट्रोलियम व्यवसायीहरूको कमिसन सम्बन्धी र एलपी ग्यास ढुवानी भाडा समायोजन सम्बन्धीको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने र अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेठ १५ सम्ममा सक्ने सहमति भएको निगमले जनाएको छ।

सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरेका छन् ।

यस्तै व्यवसायी र निगम निरन्तर छलफलमा बसेर आवश्यक निष्कर्ष निकाल्ने सहमति समेत भएको बताइएको छ । कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम व्यवसायीहरू आन्दोलित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077