Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकियो

काठमाडौं । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनअन्तर्गत आज बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ ।

बारका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । काठमाडौं केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ ।

आज बिहान ८ः०० बजेदेखि सुरु भएको मतदान अपराह्न ४ः०० सम्मका लागि तोकिएको थियो । सबै मतपत्र आइपुगेपछि मात्र मतगणना प्रारम्भ हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077