कठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रचारप्रसार तीव्र बनाउने भएको छ ।
पार्टी प्रवक्ता प्रकाशरण महतको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन प्रचार(प्रसार समितिको शुक्रबार बसेको बैठकले निर्वाचन प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निमार्ण गर्ने र विभिन्न सञ्चार माध्यमहरूबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले विदेशमा रहेका नेपाली जनतालाई मतदानको बेलामा स्वदेशमाआई नेपाली कांग्रेसलाई मतदान गर्न आह्वान गर्ने निर्णय गरेको छ । केन्द्रदेखि तल्लो तहसम्म मिडिया सेन्टर निर्माण गर्ने निर्णय पनि गरेको छ ।
यी हुन् बैठकले गरेका निर्णयहरु :
Leave a Reply