Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढुवा भएका एआईजीलाई कर्तव्यपालनमा नचुक्न आईजीपीको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले एआईजीमा बढुवा भएका प्रहरी अधिकारीहरु नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास व्यक्त गरेका छन् ।

आज मात्रै पदोन्नति भएका ३ जना एआईजीहरूलाई प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गर्दै आईजीपी क्षेत्रीले पदोन्नतिपछि प्राप्त याँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्न सफल हुने विश्वास व्यक्त गरेका हुन् ।

पदोन्नति भएका एआईजीत्रय वसन्त पन्त, धिरजप्रताम सिंह र रविन्द्रबहादुर धानुकलाई बधाई दिँदै आईजीपी क्षेत्रीले बढुवा भएका प्रहरी अधिकारीहरुले आगामी दिनमा देखाउनु हुने कर्तव्यपरायणता र ईमान्दारीताले पदोन्नतिलाई सिद्ध गर्ने बताए ।

आईजीपी क्षेत्रीले भने–‘संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न, अख्तियारीमा रहेका काम र कार्यविधिहरूलाई थप अध्यावधिक गर्नेलगायतका बिषयमा पनि पदोन्नति हुनुभएका प्रहरी अधिकारीहरूले संगठनलाई योगदान पुर्‍याउनुहुनेमा विश्वस्त छु ।’

गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी एआईजीमा पदोन्नति भएका पन्त, सिंह र धानुकलाई आईजीपी क्षेत्रीले आज दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

कार्यक्रममा एआईजी बसन्तकुमार पन्तले संगठन र संगठनमा आवद्ध सदस्यहरूको लागि हक हित र श्रीवृद्धिका लगि सदैव प्रतिवद्ध रहेन उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077