Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बढुवा भएका तीन एआईजीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं ।  नेपाल प्रहरीको डीआईजीबाट एआईजीमा बढुवा भएका तीन प्रहरी अधिकारीले दर्ज्यानी चिन्ह लगाएका छन् । आज मात्रै बढुवा भएका वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले एआईजीको दर्ज्यानी लगाएका हुन ।

प्रहरी  प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आईजीपि शैलेश थापा क्षेत्रीले उनीहरुलाई एआईको दर्ज्यानी चिन्ह ( फूली )प्रदान गरेका हुन। उनीहरुलाई आज  बिहान बसेको मन्त्रिपरिषद् बैठकले  एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

त्यसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो । जसले गर्दा उनीहरूको नियुक्तिमा ढिलाई भएको थियो । तर, आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेपछि मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गरेको हो ।

वढुवामा असन्तुष्ट बनेका दुई जना डीआईजीले आजै सर्बोच्चअदालतमा निवेदन दर्ता गराएका छन्।

डीआईजी धनश्याम अर्याल, इश्वरबाबु कार्की र प्रकाशजंग कार्की सर्वोच्च अदालतमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077