Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एआईजीमा बढुवाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सरकारले आज तीन डिआईजीलाई एआईजीमा बढुवा गरेलगत्तै सरकारको उक्त निर्णयविरुद्ध डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

तीन सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध केही बेर अघि मात्रै सर्वोच्च अदालतमाम रिट दर्ता गराएका हुन्।

चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो।

तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।

उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो।

उजुरी सुन्ने समितिले सदर गरेपछि आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सिफारिसमा परेका तीनै जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

तर, बढुवा प्रक्रिया नै गलत भएको भन्दै सिनियर डीआईजीहरूले आज सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077