Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीन डीआईजीको बढुवा सिफारिस आयोगद्वारा सदर, भोलि नै एआइजीमा बढुवा गरी फुली लगाउने तयारी

काठमाडौं । लोकसेवा आयोगले नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको छ ।

बढुवा समितिले गरेको निर्णय लोकसेवा आयोगले आज सदर गरेपछि अब एआइजी बढुवा गर्ने बाटो खुलेको छ । संभवतः भोलि बस्ने मन्त्रिपरिषदको बैठकले तीन डीआइजीलाई एआइजीमा बढुवा गर्नेछ । र, उनीहरुले संभवत : भोलि नै दज्र्यानी चिह्न पनि लाउनेछन् ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

तर, वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै डीआईजीहरु घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कील‍े लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077