Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इजाजत प्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन कैलाली प्रशासनको अनुरोध

कैलाली । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवं भयरहित बनाउनका लागि प्रशासनले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले बुधबार जारी गरेको सूचनामा इजाजत लिएर घरमा राखिएका बन्दुक जस्ता हातहतियार निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता दिनेगरी बुझाउन भनिएको हो ।

'निर्वाचनमा शान्तिपूर्ण वातावरण तयार गरी भरपर्दो र विश्वसनीय बनाउन भन्दै प्रशासनले चैत मसान्तभित्र पायक पर्ने नजिकको प्रहरी इकाईमा लगेर हातहतियार बुझाउन अनुरोध छ,' सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077