Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थ मन्त्रालयद्धारा आगामी बजेटका लागि सुझाब दिन सार्वजनिक आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि लिखित तथा मौखिक रूपमा सुझाब दिन सार्वजनिक आह्वान गरेको छ ।

मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी काम गरिरहेको छ । बजेट तथा कार्यक्रमलाई बढी जनमुखी र प्रतिफलमुखी बनाएर जनअपेक्षा सम्बोधन गर्न मन्त्रालयले सरोकारवालासँग छलफलसमेत गरेको हो ।

बजेट तथा कार्यक्रमका लागि लिखित तथा मौखिक (टेलिफोन) रूपमा सुझाब दिन मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले सार्वजनिक आह्वान गरेको छ ।

महाशाखाले चैत मसान्तभित्र मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन ट्याब, इमेल [email protected], टोल फ्री नम्बर ११३८ मा कार्यालय समयमा सुझाब दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077