Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अर्थ मन्त्रालयद्धारा आगामी बजेटका लागि सुझाब दिन सार्वजनिक आह्वान

    अर्थ मन्त्रालयद्धारा आगामी बजेटका लागि सुझाब दिन सार्वजनिक आह्वान

    अनलाइन नेपाल
  • बुधबार, १६ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि लिखित तथा मौखिक रूपमा सुझाब दिन सार्वजनिक आह्वान गरेको छ ।

    मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी काम गरिरहेको छ । बजेट तथा कार्यक्रमलाई बढी जनमुखी र प्रतिफलमुखी बनाएर जनअपेक्षा सम्बोधन गर्न मन्त्रालयले सरोकारवालासँग छलफलसमेत गरेको हो ।



    बजेट तथा कार्यक्रमका लागि लिखित तथा मौखिक (टेलिफोन) रूपमा सुझाब दिन मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले सार्वजनिक आह्वान गरेको छ ।



    महाशाखाले चैत मसान्तभित्र मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसन ट्याब, इमेल [email protected], टोल फ्री नम्बर ११३८ मा कार्यालय समयमा सुझाब दिन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार