Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसको क्रियाशील सदस्यता वितरण खुला

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण खुला गरेको छ ।

महाधिवेशन सकिएको चार महिना नबित्दै कांग्रेसले क्रियाशील सदस्यता वितरण खुला गरेको हो ।

मंगलबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले आसन्न निर्वाचन समेतलाई लक्षित गर्दै सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महत जानकारी दिए ।

उनका अनुसार विधानको धारा ४ बमोजिम देशव्यापीरुपमा पार्टीको सदस्यता र क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय भएको हो ।

क्रियाशील सदस्य पार्टीभित्र नेतृत्व चयन गर्ने मतदाता हुन् । १४ औँ महाधिवेशनअघि सदस्यताको विवादकै कारण कांग्रेसले डेढ वर्षसम्म महाधिवेशन नै गर्न सकेको थिएन ।

१३ औँ महाधिवेशनमा कांग्रेसले ४ लाख ७० हजार क्रियाशील सदस्य बनाएको थियो । त्यसलाई दोब्बर गरेर यसपटक १४ औँ महाधिवेशनमा ८ लाख ४० हजार १०६ जना क्रियाशील सदस्य पुर्‍याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077