Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आचारसंहिता लागू गर्नेबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने लगायत चुनावका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।

आयोगले चैत २२ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेको हो ।

निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको बताइएको छ ।

यो बैठकपछि सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लाग्नेछ ।

चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ । तर आचारसंहिता यसअघि नै अन्तिम रुप दिइसकेको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077