Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • रवीन्द्र मिश्र नेपाली राजनीतिका ‘छोटे हिटलर’ हुन् : मिलन पाण्डे

    रवीन्द्र मिश्र नेपाली राजनीतिका ‘छोटे हिटलर’ हुन् : मिलन पाण्डे

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौ. । विवेकशील साझा पार्टीका ‘निष्कासित’ संयोजक मिलन पाण्डेले आफ्ना अध्यक्ष रविन्द्र मिश्रको कडा आलोचना गरेका छन् ।

    उनले सामाजिक सञ्जालमार्फत रवीन्द्र मिश्रलाई ‘छोटे हिटलर’को संज्ञा दिएका हुन् । विवेकशील साझाको केन्द्रीय कार्यालयमा मंगलबार असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न खोज्दा अध्यक्ष मिश्रले रोकेका थिए ।



    त्यस क्रममा दुई पक्षबीच भनाभन र आरोप प्रत्यारोप भएको थियो । लगत्तै संयोजक पाण्डेले मिश्रमाथि कडा आलोचना गरेका हुन् ।



    उनले सामाजिक सञ्जालमा लेखेका छन्-‘आज (मंगलबार) रवीन्द्र मिश्रले आफ्नै पार्टीका नेताहरूलाई पार्टी अफिसमा प्रवेशमा रोक लगाएर पार्टी कब्जा गर्ने प्रयत्न गरे। यो उनको अर्को अलोकतान्त्रिक कदम हो । साथीहरू, रवीन्द्र मिश्र नेपाली राजनीतिका छोटे हिटलर हुन्। म मिश्रको यो कदमको घोर भर्त्सना गर्छु। पार्टी अफिस मिश्रको पेवा होइन। आम नागरिकको पैसाबाट चल्ने केन्द्रीय कार्यालय सम्पूर्ण सदस्यको त हो नै, आम नागरिकको पनि हो। यस्तो नि हुन्छ !’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार