Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने-यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्

    भ्यु टावरको उद्घाटन गर्दै ओलीले भने-यसबाट नगरवासीले अत्यधिक लाभ लिन्छन्

    अनलाइन नेपाल
  • मंगलबार, १५ चैत्र २०७८
  • 1.2K
    SHARES

    बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् ।

    साे क्रममा उनले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । यस टावरमा होटल, रेस्टुरेन्ट, कफी सप, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, स्वीमिङ पुल तथा दृश्यावलोकनको समेत व्यवस्था मिलाइको छ ।



    टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्यधिक लाभ लिनपर्ने बताए । उनकाे दावी थियाे, ‘भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छ ।’ उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेकाे बताए । उनले भने, ‘यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले याे क्षेत्रकाे विकासमा सहयाेग पुगाेस् ।’



    यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नुपर्ने उनको भनाइ छ । ‘अरु यस्ता नयाँनयाँ कार्यहरू, नयाँ कार्य भन्नाले भ्यु टावर नै बनाउँदै जाउँ भन्ने होइन् । आवश्यकताअनुसार भ्यु टावर होस्, युनिभर्सिटी होस्, मेडिकल कलेज होस् । विकासलाई जसरी तपाईहरू लाग्नु भएको छ यो अत्यन्तै खुशीको कुरा हो ।’ ओलीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार