काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत पाँच सय १४ जना कर्मचारीको सरुवा गरेको छ ।
लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत रहेका कर्मचारीको अन्तर स्थानीय तहमा सरुवा गरिएको हो ।
मन्त्रालयले यसअघि गत मङ्सिर २१ मा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको थियो भने त्यसपछि पुस ७ गते थप दुई सय ३२ जना कर्मचारीको पनि सरुवा गरेको थियो ।
त्यतिबेला सरुवा गर्दा अर्को व्यवस्था नभएसम्मका लागि सरुवा स्थगित गर्ने निर्णयसमेत गरेको थियो । ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार दोहोरो सहमतिका आधारमा सरुवा गरेको मन्त्रालयले जनाएको छ ।
को कहाँ सरुवा ? सूचीसहित