Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'पुटिनबारे बाइडेनको भनाई ब्लिंकनले सच्याए, भने सत्ता परिवर्तनको हाम्रो कुनै योजना छैन'

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले संयुक्त राज्य अमेरिकाको रुस वा अन्य कतै शासन पविर्तन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई सत्तामा रहिरहन दिन नहुने बताएको एकदिन पछि ब्लिन्केनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

पोल्यान्डमा भाषण दिने क्रममा बाइडेनले त्यस्तो अलिखित टिप्पणी गरेका थिए । तर ब्लिंकनले त्यस्तो नरहेको स्पष्ट पारेका हुन् । यस्तै बाइडेनको सम्बोधन लगत्तै ह्वाइट हाउसले सत्ता परिवर्तनका सन्दर्भमा सो टिप्पणी नरहेको बताएको थियो ।

राष्ट्रपति बाइडेनको भनाइको अर्थ पुटिनले कुनै पनि अवस्था युक्रेनमा युद्ध गर्न नपाउनेमा रहेको ब्लिंकनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077