Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चुनावी तालमेलबारे निर्णय लिन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । चुनावी तालमेलका विषयमा निर्णय लिन नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।

गत शुक्रबारदेखि जारी बैठक आज समापन गर्ने कांग्रेसको तयारी छ । आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।

तालमेलको पक्षरविपक्षमा निरन्तर विभिन्न धारणा आइरहे पनि पार्टीले आवश्कताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिनसक्ने छ ।

पार्टीलाई बढीभन्दा बढी सिट जिताएर सफल बनाउन कतिपय ठाउँमा गठबन्धन गर्न जरुरी रहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077