Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आयोगद्धारा ७३ साना दललाई आफ्नै दलको चुनाव चिन्ह दिने निर्णय

काठमाडौं । निर्वाचन आयोगले ७३ साना दललाई पनि उनीहरुको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले राष्ट्रिय मान्यता नपाएका दलहरुले बुझाएको विवरणको आधारमा यस्तो निर्णय गरेको हो ।

राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो। सो विवरण बुझाएका ७३ दललाई चुनाव चिन्ह दिनेबारे बैठकले निर्णय गरेको आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा रहेको प्रावधान अनुसार राष्ट्रिय मान्यता नपाएका दलहरुले निर्वाचनमा आफ्नो पार्टीको चिन्ह नपाउने अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077