Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाँच वर्षको अवधिमा ३६ लाख ५९ हजार २९९ मतदाता थपिए

काठमाडौं । पाँच वर्षको अवधिमा ३६ लाख मतदाता थपिएका छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए ।

यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगकाअनुसार आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ७२३ मतदाता सहभागी हुन पाउने भएका छन् ।

यस्तै चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077