Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्तिम मतदाता नामावली प्रकाशित, १ करोड ७७ लाख ३३ हजार बढीले मत हाल्न पाउने

काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुंगो लागेको छ । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको हो ।

जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

चुनावको लागि १० हजार ७५६ मतदानस्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ । आयोगका अनुसार पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेका छन् ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077