Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • निर्वाचनमा पनि गठबन्धन गर्ने पक्षमा कांग्रेस

    निर्वाचनमा पनि गठबन्धन गर्ने पक्षमा कांग्रेस

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका अधिकांश नेताहरुले निर्वाचनमा पनि सरकारमा सहभागी दलसँगै गठबन्धन गरेर जानुपर्ने तर्क पेश गरेका छन् । पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने अधिकांश नेताहरुले गठबन्धन गर्ने पक्षमा बोलेका हुने ।

    केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।



    प्रवक्ता महतले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताएका हुन् ।



    उनले पार्टीले केन्द्रीय समिति बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि प्रस्ट पारे । प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताए ।

    उनले भने–‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आ–आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ । गठबन्धनको आवश्यकता छ भन्ने नै कुरा उहाँहरुले गर्नुभएको छ । आवश्यकताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषयमात्रै होइन, बढीभन्दा बढी सफलता निर्वाचनमा हासिल गर्नको लागि हामी निर्वाचनमा जाने र बढीभन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानु पर्दछ भन्ने नै अधिकांश साथीहरुको मत छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार