जनकपुरधाम । अगामी बैशाखम ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मधेश प्रदेशको ८ वटै जिल्लामा म्यादी प्रहरीका लागि ६८ हजार १९ जनाले आवेदन दिएका छन् ।
२१ हजार ६९८ जना म्यादी प्रहरीका लागि मधेश प्रदेशमा ६८ हजार १९ जनाले आवेदन दिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरीमा ९ हजार ४३४, सिरहामा ६ हजार ५०७, धनुषामा ९ हजार २१, महोत्तरीमा ८ हजार ५४, सर्लाहीमा १० हजार ८५१, रौतहटमा ४ हजार ४८४, बारामा ११ हजार २६७ र पर्सामा ६ हजार २०१ जनाले आवेदन दिएका छन् ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाका लागि ८ वटै जिल्लामा म्यादी प्रहरीको सिट सख्या तोकेर दरखास्त आह्वान गरिएको थियो ।
सप्तरीमा ३ हजार १३९, सिरहामा २ हजार ३३१, धनुषामा ३ हजार ४८६, महोत्तरीमा २ हजार ७३७, सर्लाहीमा ३ हजार ८८, रौतहटमा २ हजार ५८९, बारामा २ हजार ५२८ र पर्सामा १ हजार ८०१ जना म्यादी प्रहरीको माग गरिएको थियो ।
८ वटै जिल्लामा ६८ हजार १९ जनाले दरखास्त दिएको प्रदेश प्रहरीका प्रबक्ता एसपी तुलबहादुर कार्कीले बताए ।
Leave a Reply