Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्माण पूरा नै नभएको पोखरा एयरपोर्टको चाबी आज चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्दै

पोखरा । चिनियाँ विदेशमन्त्री वाङ यीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी आज प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने भएका छन् ।

उच्च पदस्थ विदेशमन्त्री आएको मौकामा ९३ प्रतिशत मात्रै काम पूरा भएको विमानस्थलको चाबी हस्तान्तरण गर्न लागेको निर्माण कम्पनीले जनाएको छ ।

विमास्थलको काम नसकिँदै चिनियाँ विदेशमन्त्री आएको मौकामा निर्माण कम्पनीले उनैको हातबाट प्रधानमन्त्रीलाई हस्तान्तरण गर्न लागेको हो ।

विदेशमन्त्री यीले काठमाडौंमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रुपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुनन्कर्मीले जानकारी दिए ।

त्यसका लागि पोखरा विमानस्थलमा पनि कार्यक्रम भने आयोजना गरिएको छ । उनले भने–‘सिम्बोलिक रुपमा चाबी हस्तान्तरण गर्न लागिएको हो । यसपछि काम सकिएको होईन, काम निरन्तर चल्छ ।’

चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको हो । यही १० जुलाईभित्र काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी थियो । अघिल्लो वर्ष नै सक्नुपर्ने काम कोरोनाका कारण १ वर्षपछि धकेलिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077