Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायती प्रधानमन्त्री जोन्सन र चिनियाँ राष्ट्रपति सीबीच फोनवार्ता

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच शुक्रबार फोनवार्ता भएको छ।

वार्ताको क्रमममा चीन र बेलायतबीच राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै सीले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले केही उतार चढावका बाबजुद समग्रमा सम्बन्ध निरन्तर विस्तार भएको बताए।

दुई देशबीचको व्यापार ३० करोड डलरबाट बढेर एक खर्ब डलर पुगेको छ। दुईतर्फी लगानी बजार झन्डै शून्यबाट बढेर ५० अर्ब डलर पुगेको सीले बताए । यसैबीच, जोन्सनले बेलायत र चीनको सम्बन्ध आफ्ना लागि, अत्यन्तै महत्वपूर्ण रहेको बताए।

बेलायत र चीनबीचको व्यापार ह्वात्तै बढ्दै गएको छ। बेलायतका चिनियाँ विद्यार्थी अन्य कुनै पनि युरोपेली मुलुकका विद्यार्थीभन्दा बढी छन्। जसले बेलायत निकै गौरवान्वित रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077