Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पुरानो थातथलो छाडेर एकीकृत बस्तीमा सर्न मानेनन् स्थानीय

    पुरानो थातथलो छाडेर एकीकृत बस्तीमा सर्न मानेनन् स्थानीय

    अनलाइन नेपाल
  • शनिबार, १२ चैत्र २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । एक वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो ।

    आकर्षक घर त बने तर स्थानीयवासी भने ती घरमा रम्न सकेनन् । कुल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्ना आवश्यकताअनुसार घर नबनेपछि केही सातामा एक पटक आएर घर रेखदेख गर्छन् । अधिकांश स्थानीय पुरानो थातथलो छाड्न तयार देखिएका छैनन् ।



    आवरणमा बस्ती चिटिक्क देखिए पनि स्थानीय आवश्यकता पहिचान नगरी बनाइएका घरमा बस्न स्थानीय त्यति इच्छुक छैनन् । “हामीसँग छानो भएको घरबाहेक केही छैन”, लाप्राक गुप्सी पाखा एकीकृत बस्तीका कमानसिंह गुरुङले भने, “कुखुरा थुन्ने खोर, मकै राख्ने भकारी नभएको घरमा बस्न कोही रुचाउँदैनन् ।”



    बस्ती हस्तान्तरण भएको एक वर्षसम्म पनि आफ्नो थातथलो छाड्ने तयारी लाप्राकीले गरेका छैनन् । राष्ट्रिय वित्त आयोगका सदस्य जुद्ध गुरुङ लाप्राकमा बनेका घर सांस्कृतिक तथा आर्थिक रूपमा उपयुक्त नभएकाले लाप्राकीले बस्न रहर नगरेको बताउँछन् ।

    तल पहिरोको जोखिम छ भनेर बुझे पनि सांस्कृतिक र आर्थिक दृष्टिकोणले एकीकृत बस्तीका घरहरू कमजोर रहेकाले लाप्राकवासी नयाँ घरमा सर्ने सुरसार नगरेका हुन् । गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार