Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२४ घण्टा नबित्दै अपहरित बालिकाको सकुशल उद्धार, ४ राउण्ड हवाई फायर

काठमाडौं । धनुषा प्रहरीले अपहरण भएको २४ घण्टा नबित्दै एक बालिकालाई सकुशल उद्धार गरेको छ ।

बिहीबार साँझ करिब ७ बजे जनकपुरधामको पुल्चोकबाट अपहरणमा परेकी ४ वर्षीया बालिकालाई प्रहरीले शुक्रवार दिउँसो करिब ५ बजे धनुषाको बिदेह नगरपालिका वडा नम्बर ८ बफैबाट अपहरणमुक्त गराएको हो ।

अपहरणमा संलग्न एक महिलासहित ४ जनालाई पक्राउ समेत गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक राय नेतृत्वको टोलीले बालिकालाई अपहरण मुक्त गराइएको र अपहरणकारीलाई पक्राउ गर्न प्रहरीले ४ राउण्ड हवाई फायर गरेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुल्चोकका ध्रुव मण्डलको ४ वर्षीया छोरीलाई घरमा खेल्दै गर्दा अपहरण गरिएको थियो । अपहरणकारीले शुक्रबार बिहान फरक–फरक नम्बरबाट फोन गरी १५ लाख फिरौती माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077