Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मतपत्र जनक शिक्षा सामग्रीबाट छापिने, मतदाताको अन्तिम नामावली १६ गते सार्वजनिक हुने

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाईका लागि तयारी अवस्थामा रहन जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई आग्रह गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय गरेको हो । सोही अनुसार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई पत्राचार गरिएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार यही चैत १६ गतेदेखि मतपत्र छपाई सुरु गर्ने आयोगको तयारी छ । करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यस्तै निर्वाचन आयोगले मतदाता नामावली आउँदो आइतबार सार्वजनिक गर्ने भएको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार सोही अनुसार तयारी भइरहेको बताए । मतदाताको अन्तिम नामावली चैत १३ गते टुंगिने उनको भनाई छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077