Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यादी प्रहरीका लागि झन्डै तीन लाखले भरे आवेदन फारम

काठमाडौं । म्यादी प्रहरीका लागि देशभरबाट २ लाख ८० हजार ४९५ जनाले आवेदन फारम भरेका छन् ।

आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनका लागि सुरक्षामा खटिने म्यादी प्रहरीका लागि सरकारले यही चैत ६ देखि ११ गतेसम्म दरखास्त फारम खुलाएको थियो । सो दरखास्त फारम लिने समय आज सकिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएकोमा २ लाख ८० हजार ४९५ जनाले आवेदन फारम भरेका हुन् । फारम भरेकाबाट १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने छ ।

अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिनबाट तालिम सुरू हुने बताइएको छ । म्यादी प्रहरीका लागि हरेक जिल्ला प्रहरी कार्यालयहरूले फारम लिएका छन् ।

म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो। म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ।

त्यसबाहेक मापदण्डभित्र पर्नेहरूलाई समावेश गरिन्छ। म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077