Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • कांग्रेस केन्द्रीय समिति बैठक : चुनावी तालमेलबारे छलफल, पाँच प्रदेश सभापति विपक्षमा

    कांग्रेस केन्द्रीय समिति बैठक : चुनावी तालमेलबारे छलफल, पाँच प्रदेश सभापति विपक्षमा

    स्थानीय तह निर्वाचन

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । आजदेखि सुरू नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा चुनावी तालमेलबारे छलफल भएको छ । शुक्रबार अपरान्ह ३ बजेदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले गठबन्धनको पक्ष र विपक्षमा कुरा राखेका हुन् । केही प्रदेश सभापतिहरूले सकेसम्म गठबन्धन गरेर जान नहुने धारणा राखेका व्यक्त गरेका छन् ।

    सात प्रदेशमध्ये मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका विरबहादुर बलायर गठबन्धनको विपक्षमा उभिएका हुन् ।



    त्यसमध्ये पनि लुम्बिनी र गण्डकीका प्रदेश सभापति गठबन्धन गर्नै नहुने पक्षमामा छन् । सुदूरपश्चिमका बलायर बैठकमा उपस्तिथि छैनन् । तर, उनी गठबन्धनका पक्षमा छैनन् ।



    कर्णालीका सभापति शाही स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्न पर्ने पक्षमा देखिएका छन् । केन्द्रबाटै गठबन्धनको निर्णय लिन नहुने उनको मत छ ।

    मधेश प्रदेशका सभापति यादवले पनि गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई प्रमुख आधार बनाउनुपर्ने बताएका छन् ।

    प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ भने गठबन्धनको पक्षमा उभिएका छन् । उनीहरूले एमाले कमजोर नभएको र मुख्य प्रतिस्पर्धा पनि एमालेसँगै रहेकाले सत्तासीहरूबीच गठबन्धन हुनुपर्ने बताएका छन् ।

    २०७४ मा कांग्रेसले ७५३ स्थानीय तहमध्ये २५३ ठाउँमा मात्रै जितेको थियो । साथै उनले चुनावी गठबन्धन गर्नुको आवश्यकता, औचित्य र यसका मापदण्ड बनाइनुपर्ने समेत बैठकमा कुरा उठेको छ । कांग्रेस केन्द्रीय समितिको अर्को बैठक चैत १३ गते बस्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार