Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक चैत १३ गते फेरि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठक स्थगित भएको छ । चैत १३ गते बस्ने गरी आजको बैठक स्थगित भएको हो ।

अपरान्हबाट सुरु भएको बैठकमा २० जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि, ६ प्रदेश सभापति र गण्डकीका मुख्यमन्त्रीले आफ्ना धारणा राखेपछि बैठक स्थगित गरिएको हो ।

आजको बैठकमा नैनसिंह महर, प्रदिप पौडेल, गोविन्द शाह, रामहरि खतिवडा, मदनकृष्ण श्रेष्ठ, जानकी सिंह, सरस्वती अर्याल, गोविन्द पोखरेल, दिलमान पाख्रिन, रमा पौडेल, दिनेश कोइराला, अजयबाबु शिवाकोटी, शान्ति परियार, हरिशरण नेपाली, टेकबहादुर गुरुङ, कृष्ण किशोर घिमिरे, मोहन बहादुर बस्नेतलगायतले आफना धारणा राखेका थिए ।

अधिकांशले कांग्रेस चुनावमा जाँदा गठबन्धन गरेर हैन एक्लै जानुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077