Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा निर्णय लिन बैठक बसेको हो ।

बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने बताइएको छ ।

पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई दिइएको छ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी बारे पनि आजको बैठकमा छलफल हुनेछ । ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको पनि समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077