Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'चरी’ का चेला वकिल बम ठमेलबाट पक्राउ

काठमाडौं । महिलामाथि हातपात गरेको आरोपमा नेकपा एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।

प्रहरीले उनलाई बिहीबार राती ठमेलबाट पक्राउ गरेको जनाएको छ।  बमलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

बम कुनै समय प्रहरी इन्काउन्टारमा मारिएका दिनेश अधिकारी ‘चरी’निकट भएर काम गरेका थिए।

कालिकोट घर भइ हाल काठमाडौं बस्दै आएका बम यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए।

ठमेलको डिस्कोमा बाउन्सरबाट उदय भएका वकिल बम  चरीकै हैसियतमा ओलीको समर्थन लिन खोजिरहेका छन् । उनी ठमेलमा दिपक मनाङ्गे निकटले पनि चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077