Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामचन्द्र पौडेलले राखे कांग्रेस जिल्ला सभापतिको भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेला राखेका छन् । आफ्नै निवास बोहराटारमा आज बिहान पौडेलले जिल्ला सभापतिहरूलाई भेलामा बोलाएका हुन्।

१४औँ महाधिवेशनको प्रक्रियामा सहभागी नभएपछि गुटगत भेलामा सहभागी नभएका पौडेलले महाधिवेशनको चार महिनापछि जिल्ला सभापतिहरूलाई डाकेका हुन् ।

संस्थापनइतर पक्षका नेता पौडेल सभापतिमा आफ्नै गुटका नेताहरूले अघि नसारेपछि महाधिवेशनको प्रक्रियामा सहभागी नहुने बताएर घरमै बसेका थिए ।

स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने राय तथा सुझाव लिन पौडेलले जिल्ला सभापति भेला बोलाएका हुन्। गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा पौडेल मौन बसेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077