Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजाजत लिएका हतियार बुझाउन प्रशासनको आग्रह

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए ।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनिय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको उनले बताए । तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम भै जाने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077