Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला समूह रुष्ट, समानान्तर गतिविधि गर्ने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रातृ संस्थाको तदर्थ समिति गठनका विषयमा आफूनिकट भ्रातृ संस्थाका नेताहरूसँग छलफल गरेका छन् ।

सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन गर्दा एकलौटी गरेको भन्दै शेखर कोइराला समूह रुष्ट बनेको हो । बुधबार सभापति देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए ।

देउवाले आफूसँग सल्लाह नै नगरी दुई भ्रातृ संस्थाको नेतृत्व तोकेपछि नेता कोइरालाले बिहीबार आगामी योजनाबारे छलफल गरेका गरे । छलफलमा नेविसंघ, तरुण दल, महिला संघ, आदिवासी जनजाति संघलगायतका भ्रातृ संस्थाहरूको पूर्व पदाधीकारीहरू सहभागी थिए ।

त्यसअघि कोइरालाले सभापति देउवालाई फोन गरेर पार्टीभित्र छलफल गरेर मात्रै तदर्थ समिति गठन गर्न सुझाव दिएका थिए । सो क्रममा वक्ताहरूले सभापति देउवा पक्षले धेरै पेलेको अवस्थामा आवश्यक परे समानान्तर समिति गठन गरेर भए पनि अघि बढ्नुपर्ने सुझाव दिएका हुन् ।

कार्यक्रममा नेता चन्द्र भण्डारी, केन्द्रीय सदस्यहरू प्रतिमा गौतम र गोविन्द पोखरेल, नेविसंघका पुर्वअध्यक्षहरू गुरुराज घिमिरे र केशव सिंह, पूर्वमहामन्त्री मनोजमणि आचार्य, नेतृहरू रिना खनाल, कमला थापा, रिना उप्रेती लगायत थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077