Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीहरूलाई उम्‍मेदवार नबनाउन अनुरोध

काठमाडौं । स्थानीय तह निर्वाचनमा मानव अधिकार उल्लंघनका दोषीहरूलाई उम्‍मेदवार नबनाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

मानव अधिकार आयोग,प्रदेश–१ शाखा कार्यालय खोटाङले एक विज्ञप्ति जारी गर्दै आगामी स्थानीय तहको निर्वाचनमा खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख दलहरुलाई पत्राचार गर्दै मानव अधिकार उल्लंघनका दोषीहरूलाई उम्‍मेदवार नबनाउन आग्रह गरेको हो ।

निर्वाचनमा समानुपाति समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारी तय गर्न, निर्वाचन प्रचार–प्रसारको क्रममा आयोजना गरिने कार्यक्रमहरूमा बालबालिकाहरूको प्रयोग नगर्न समेत आयोगले आग्रह गरेको छ ।

यस्तै निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रमहरूमा मानव अधिकारसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ पालना गर्न पनि आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077