Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रभु साहविरुद्ध एमाले नेतृको उजुरी

काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहविरुद्ध उजुरी परेको छ ।

नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले साहविरुद्ध उजुरी दिएकी हुन् ।

रौतहट जिल्ला अधिवेशनको बेला हलको असहमतिमै साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन् ।

उनले रौतहट जिल्ला अधिवेशन सम्पन्न नभएको बताउँदै राजनीतिक प्रतिवेदनमा उल्लेख रौतहट जिल्ला अधिवेशन सकिएको भन्ने वाक्यांश सच्याउन आग्रह पनि गरेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077