Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनकी प्रेमिका स्विट्जरल्यान्ड भएको आशंका, निष्कासन गर्न ६१ हजारले गरे हस्ताक्षर

एजेन्सी । स्विट्जरल्यान्डमा रुसका राष्ट्रपति भ्लादमिर पुटिनकी प्रेमिका भएको शंका गरिँदै आएकी रुसी महिलालाई देशबाट निकाल्न (डिपोर्ट) का लागि आवेदन पेस भएको छ । आवेदनमा ६१ हजार मानिसहरूले हस्ताक्षर समेत गरिसकेका छन् ।

पूर्व ओलम्पिक जिम्न्यास्ट तथा राजनीतिज्ञसमेत रहिसकेकी एलिना कबेभा नामकी ती महिलालाई निष्कासन गर्ने अभियान रुसी, बेलारुसीयन र युक्रेनियन नागरिकहरूले सुरु गरेका थिए ।

आवेदनपत्र अङ्ग्रेजी, फ्रेन्च र जर्मनमासमेत लेखिएको छ । जसमा ३८ वर्षीया एलिनालाई पुटिनकी सबैभन्दा प्रिय प्रेमिका भनेर व्याख्या गरिएको छ ।

पत्रमा पुटिनले लाखौँ मानिसहरूको जीवन विनाश गरिरहँदा स्विट्जरल्यान्डले चाहिँ एलिना र उनका परिवारलाई देशमा आरामले बस्न दिइरहेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077