Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघको अध्यक्षमा दुजाङ, तरुण दलमा अध्यक्षमा विद्वान मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेका छन् ।

उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पा तरुण दलको केन्द्रीय तर्दथ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका हुन् ।

कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र स्वतः विघटन भएका संस्थाहरुको तदर्थ समिति गठन गर्ने अधिकार दिएको थियो । देउवाले सोही अधिकार प्रयोग गर्दै आज नेविसंघ र तरुण दलमा केन्द्रीय तदर्थ कार्यसमितिमा नेतृत्व चयन गरेका हुन् ।

तदर्थ समितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन गरिसक्नुपर्ने बताइएको छ ।

बैठकले मिति नै तोकेर फागुन मसान्तसम्म रिक्त पदमा मनोनय नर्ग र भ्रातृ संस्थाको तदर्थ समिति गठन गर्न भनेको थियो ।

सो बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय समिति विघटन गरेर तदर्थ समिति बनाउने जिम्मा देउवालाई दिएको थियो ।

विद्यार्थी संघ र नेपाल तरुण दल बाहेक अन्य भातृ संस्थाहरुले भने अझै पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077