Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बिहार र मधेस सरकारबीच पर्यटन प्रवर्द्धनबारे छलफल

    बिहार र मधेस सरकारबीच पर्यटन प्रवर्द्धनबारे छलफल

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 1.3K
    SHARES

    वीरगन्ज । बिहार सरकार र मधेस सरकारबीच वीरगंजमा एक दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । दुवै देशका प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धन नगर्न मङ्गलवार वीरगंजमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

    भारत आजादीको अमृत महोत्सवको अवसरमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रममा दुवै देशका प्रदेश सरकारका प्रतिनिधिमण्डलबीच छलफल भएको दूतावासले जनाएको छ ।



    द्विपक्षीय पर्यटन प्रवर्द्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीच सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।



    दुवै देशका प्रदेश प्रतिनिधिहरूले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बिहार र मधेस प्रदेशका पर्यटकीय सम्भावना बोकेका गन्तव्यस्थलका बारेमा चर्चा भएको थियो ।

    मधेस प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नुपर्ने जोड दिइएको कार्यक्रममा सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको दूतावासले जनाएको छ । नेपालमा भारतीय सवारीसाधनबाट लिइने सडक कर र अन्य करबारे सुधार र सहजीकरण गर्ने विषयमा बिहारका मन्त्रीले नेपाली निकायसँग पहल गर्ने बताए ।

    मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधिलगायतको सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार