Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओलीले भने - 'एमाले कम्युनिष्टमा मात्र होइन, समग्रमा ठूलो पार्टी हो'

काठमाडाैँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कम्युनिष्टहरूमध्ये ठूलो पार्टी मात्र नभई समग्रमा देशको सबैभन्दा ठूलो पार्टी भएको बताएका छन्। केन्द्रीय कमिटी बैठकको सुरूवात गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले यो बैठकले स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गराउनुपर्ने गरी रणनीति तयार गर्ने बताए । उनले एमालेसँग लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको अनुभव रहेको बताए।

उनले थुप्रै विषयहरू सत्तापक्षिय र जनविरोधी ढंगले प्रचार भइरहेको पनि बताएका थिए। उनले आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा पनि एमालेसँग भएको बताए।

उनले जनताको घरदैलोमा विकास पुर्‍याउने स्थानीय सरकारले भएको बताए। केही ठूला आयोजना मात्रै केन्द्रबाट जाने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077