काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा सामूहिक रुपमा नै युद्धकालीन माओवादी लडाकुहरू अन्ततः नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।
‘युद्धकालीन अपराध र मुद्दा’लाई सम्बोधन गर्न एमाले तयार भएपछि पूर्व माओवादी लडाकुको समूह सामुहिक रुपमा नै प्रवेश गर्न लागेका हुन् ।
‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठयारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन बिष्टले भने, ‘त्यसैले दुवै पक्षबीच सामूहिक पार्टी प्रवेशको मिति चाँडै तोक्ने भन्ने छ ।’
सम्भवतः यसै साता मिति तय भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्व माओवादी लडाकुहरूलाई सामुहिक रुपमा पार्टी प्रवेश गराउने छन् ।
Leave a Reply