Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकालाई चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न चीनको आग्रह

एजेन्सी । अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ ।

चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ ।

चीनले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यक समुदायमाथि दमन गरेको आरोपमा अमेरिकाले केही चिनियाँ अधिकारीमाथि प्रवेशमा प्रतिबन्धको घोषणा गरेको छ । यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीको संख्या र परिचय भने खुलाइएको छैन ।

अमेरिकी अधिकारीले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमलाई बन्दी बनाईएको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077