Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मकवानपुरमा तिव्र हावाहुरी, रूखको हाँगा भाचिएर एक जनाको मृत्यु

काठमाडौं । हावाहुरीका कारण रूखको हाँगा भाचिएर लाग्दा मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मनहरी गाउँपालिका ६ रुपाचुरीमा तीव्र रुपमा चलेको हावाहुरीको कारण रुखको हाँगाले लाग्दा पैदल यात्रा गरिरहेका स्थानीय ४८ वर्षिय बुद्धि बहादुर घलानको मृत्यु भएको हो ।

चिलाउनेटार सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्रबाट कटान मुछान गरेर घर फर्कने क्रममा हावाहुरीको कारण रुखको हाँगाले लागेर घलानको मृत्यु जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसअघि मौसमविद्हरुले नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताएका थिए । भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव नेपालको पूर्वी भागमा देखिन सक्ने सम्भावना बढेको मौसमविद्ले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077