Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेरे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंका शासकले मधेसका जनतालाई जहिले पनि दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको बताएका छन् ।

मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मधेसले फेरि पनि अगुवा भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे । जनयुद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरिएको अध्यक्ष प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भने, 'तपाईहरुले प्रतिगमनका विरुद्ध जिल्ला सदरमुकाम र गाउँगाउँमा गरेका पहलकदमीमात्र होइन, मधेसबाट काठमाडौंका सडकमा गएर देशभरि सन्देश दिने भूमिका निर्वाह गरेकोमा तपाईहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।’

अध्यक्ष प्रचण्डले नेकपा माओवादी केन्द्र रुपान्तरण र क्रान्तिकारी विचार विकासको चरणमा प्रवेश गरेको बताए ।

यो प्रक्रियामा पनि मधेसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास थियो । समाजवादी क्रान्तिको अगुवाई मधेसले नै गर्ने उनले प्रस्ट पारे ।

नेपालको राष्ट्रिय एकता,  राष्ट्रिय स्वाधिनता, नेपालको भौगोलिक अखण्डताको रक्षामा पनि तराई मधेस पहरेदार भएर उभिएको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077