Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सत्तारुढ गठबन्धन र आयोग नै निर्वाचन सार्ने प्रयासमा लागेका छन् : ओली

    सत्तारुढ गठबन्धन र आयोग नै निर्वाचन सार्ने प्रयासमा लागेका छन् : ओली

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागिरहेको आरोप लगाएका छन् ।

    निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर निर्वाचन सार्ने तयारी भइरहेको भन्दै उनले आक्रोस समेत व्यक्त गरे ।



    आज एमालेको प्रथम पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने–‘अझै पनि निर्वाचन सार्ने, नगराउने, पर धकेल्ने तयारी भइरहेको छ । त्यो पनि कलात्मक ढंगले तयारी भइरहेको छ । कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास अहिले पनि हामी बुझ्न सक्छौं । संवाद भइरहेको छ आयोग र गठबन्धनका बीचमा । अरु आयुक्तहरूको नियुक्ति बदर गराउने हो भने दुई जनाले मात्रै गर्न सकिन्छ कि सकिँदैन भन्ने छलफल भइरहेको छ ।’



    ओलीले निर्वाचन आयोगका गतिविधि र त्यसमा सत्तारुढ गठबन्धनको संलग्नतालाई ध्यानपूर्वक नियाल्नुपर्ने पनि बताए ।

    २०७० सालमा सिरहा निर्वाचन क्षेत्र नम्बर ३ र २०७४ सालको स्थानीय तहमा भरतपुर महानगरपालिका जस्तो निर्वाचन हुन नहुने र त्यसका लागि आयोगले सचेत बन्नुपर्ने ओलीको भनाइ थियो । सिरहामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानसभा सदस्य उम्मेदवार थिए भने भरतपुरमा उनकी छोरी रेणु दाहाल मेयरकी उम्मेदवार थिइन् ।

    त्यतिबेला निर्वाचन आयोग स्पष्ट रूपमा एमाले विरोधी बनेको ओलीको आरोप थियो । उनले भने–‘यसपटक हामी मतपेटिका आँखाबाट ओझेल हुन दिन्नौं । हाम्रो आँखा अगाडि मत हालिनुपर्छ । हाम्रो आँखा अगाडि मतपेटिकाको सुरक्षा गर्नपर्छ । हाम्रो आँखा अगाडि मत गणना हुनुपर्छ ।’

    ओली प्रधानमन्त्री हुँदा प्रतिनिधिसभा विघटन भएको बेलामा अध्यादेश ल्याएर निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक अंगमा ५२ जनाको नियुक्ति भएको थियो ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार ती मुद्दामाथि सुनुवाइ गर्दैछ । ओलीले सर्वोच्च अदालतले निष्पक्ष रूपमा न्याय निरुपण गर्न आग्रह गरेका छन् । उनले अदालतलाई भित्रैदेखि सम्मान गर्न पाइयोस् भन्ने आग्रह गरेका छन् ।

    हरियो मतपत्र बनाएको प्रति असहमति जनाउँदै आएका ओलीले आज पनि मतपत्र कि त सेतो र कालो बनाउनुपर्ने नभए जुन चिह्नको रङ जस्तो हो त्यस्तै हुनुपर्ने माग गरे । उनले भने–‘हामीलाई रातो सूर्य दिनु न, रुखको रङ जस्तो हुन्छ त्यस्तै गर्नुपर्ने ?’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार