Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेका उपाध्यक्ष पौडेलसहित चार नेता चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता सोमबार चीन प्रस्थान गरेका छन् ।

सोमबार बिहान ९ बजेतिर पौडेलसहित एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगको अध्यक्षमा पुष्प कँडेल र मीना रखाल चीन प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलले चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एन्ड कल्चरल एक्सचेञ्ज’ कार्यक्रममा भाग लिने कार्यक्रम रहेको एमाले बताइएको छ ।

लामोसमयपछि नेपालबाट शीर्ष नेतासहितको भ्रमण टोली बेइजिङ गएको हो । प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077