Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतका लागि नेपाली राजदूतमा शङ्कर शर्मा नियुक्त

काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार शर्मालाई भारतको राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शर्मालाई नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को गएको मङ्सिर १० गतेको बैठकले शर्मालाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । यसअघि उनले अमेरिकाको राजदूतको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077